Tuesday, October 11, 2011

बाँच्न मलाई.........




बाँच्न मलाई
ड्पी तड्पी जिउदै छु म,अब के गर्ने होला ?
ए मेरो भगवान,बाँच्न मलाई सिकाईदेउ....१


संघर्सको मोड आए,धैर्ये मलाई दिनु
धोका पाए अध्यारोमा,बाटो मलाई देखाइदेउ
ए मेरो भगवान,बाँच्न मलाई सिकाइदेउ....२


भूमरी यो संसारमा,स्वार्थी मलाई नबनाउनु
शक्ती देउ प्रभु मलाई,भलो काम गर्न सकु
 ए मेरो भगवान,बाँच्न मलाई सिकाईदेउ....३

विश देउ पिउछु बरु,आसु झर्ने नबनाउनु
नभएको गल्तिमा दोस देखाइ,सजाए नदेउ
ए मेरो भगवान,बाँच्न मलाई सिकाइदेउ....४


संका पस्छ मनमा,सत्य जान्ने बुद्धी देउ
सहयोग गर्दा उपहास होइन,समर्थन देउ
ए मेरो भगवान,बाँच्न मलाई सिकाइदेउ....५


अन्याये हुन्छ कसैलाई,मौन मलाई नराख्न्नु
चन्चल छ मन,निर्वाणको भाब देखाइदेउ
ए मेरो भगवान,बाँच्न मलाई सिकाईदेउ....६


प्रभु तिमीनै बस्,मेरो सहयोगी बन्नु
अबिश्वासको खेल हुने संसार,मलाई नचिनाउ
ए मेरो भगवान,बाँच्न मलाई सिकाइदेउ....७